डिम्याट खाता खोल्नेको संख्या साढे ३४ लाख पुग्यो
काठमाडौं। नेपालमा डिम्याट खाताको संख्या साढे ३४ लाख पुगेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आज डिम्याट खाताको संख्या ३४ लाख ४६ हजार ५५ पुगेको छ। पछिल्लो समय नेपालमा डिम्याट खाता खोल्नेको संख्या दिनदिनै उकालोतर्फ छ। खासगरी, सेयर बजारले हरेक साताजसो नयाँ कीर्तिमान कायम गर्दा यसप्रति चासो राख्नेको संख्या पनि बढेको हो।
प्रतिक्रिया दिनुहोस्