माथिल्लो तामाकोसीको सुरुङमा आइतबारदेखि पानी छाडिने
काठमाडौं। ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याममा पानी भर्न सुरु गरिएको छ।
आजदेखि पानी भर्न सुरु गरिएको ड्याममा शनिबारसम्म पानी भर्ने र आइतबारदेखि सुरुङमा पठाइनेछ। आइतबारदेखि परिक्षणका रुपमा सुरुङमा पठाउने तयारी भइरहेको आयोजनाले जनाएको छ।
पानी पठाएको १० दिनभित्र परिक्षणका रुपमा पहिलो चरणमा ७६ मेगावाट विद्युत उत्पादन सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्