माथिल्लो तामाकोसीबाट बैशाख ३१ देखि परीक्षण उत्पादन
काठमाडौं। निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख ३१ देखि परिक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ।
कुल ४५६ मेगावाट क्षमताको आयोजनाबाट पहिलो चरणमा ७६ मेगावाट विद्युत परिक्षणका रुपमा उत्पादन सुरु गरिने भएको हो। निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा हाल पेनस्टक पाइप जडान भइरहेको छ।
योजनाअनुसार काम भएमा यही वर्षभित्र पूर्ण क्षमतामा उत्पादन थालिनेछ।
प्रतिक्रिया दिनुहोस्