नौ महिनामा ११ खर्ब ११ अर्बको आयात
काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिने अवधिमा नेपालले ११ खर्ब ११ अर्ब रुपैयाँको सामान आयात गरेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको (साउन–चैत)को तथ्यांकअनुसार गत वर्षको यही अवधिको तुलनामा यो १३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको चैतसम्ममा नेपालले ९ खर्ब ८२ अर्ब रुपैयाँको आयात गरेको थियो।
प्रतिक्रिया दिनुहोस्