सुनको मूल्य बढेको बढ्यै
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य २०० रुपैयाँले बढेको बताएको छ। आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार ७०० तोकिएको छ। सुनसँगै चाँदीमा पनि २५ रुपैयाँले बढेर तोलाको १३ सय ३५ पुगेको छ। हिजो एकै दिन तोलामा १३ सयले सुनको मूल्य बढेको थियो।
प्रतिक्रिया दिनुहोस्