कोरोनाकालमा अमेजनले कमायो १,५९४ अर्ब
काठमाडौं। डिजिटल प्लेटफर्म अमेजनको आम्दानी कोरोना कालमा दोब्बरले वृद्धि भएको छ। महामारीको समयमा अमेजनका दुई ओटीटी प्लेटफर्म प्राइम भिडियो र अमेजन म्यूजिकले आफ्नो आम्दानी दोब्बरले बढाएका हुन्।
भिडियो, टेलिसिरियल तथा चलचित्र रिलिज गर्दा अमेजनले ८२३ अर्ब भारु कमाएको छ। यो आम्दानी अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढी हो। कोरोना महामारीका कारण सिनेमा हल बन्द भएपछि यसको व्यापार बढ्दै गएको हो।
प्रतिक्रिया दिनुहोस्