सेयर बजार १५ अंकले बढ्यो काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५ अंकले बढेको छ। कारोबार सुरु भएदेखि घट्न थाले पनि सुधारिँदै बढेर नेप्से परिसूचक २,६४८ अंकमा पुगेको हो। यस क्रममा आज नेप्सेमा ५ अर्ब ९१ करोड रूपैयाँ बराबरको एक करोड ३० लाख कित्ता सेयर किनबेच भएको छ। बजार बढे पनि होटल एण्ड टुरिजम म्युचुअल फण्ड समूह घटेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्