सूदुरपश्चिममा वैदेशिक लगानीको संख्या शून्य
काठमाडौं। सूदुरपश्चिम प्रदेशमा अहिलेसम्म विदेशी लगानी नआएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकको 'प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन'ले यस्तो देखाएको हो। कुल विदेशी लगानीमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ६५.५ र गण्डकी १४.२ प्रतिशत विदेशी लगानी भित्रिएको छ। प्रदेश २ मा ९.९, प्रदेश १ मा ७.८, लुम्बिनीमा १.९ र कर्णालीमा ०.७ प्रतिशत लगानी भित्रिएको छ।
प्रतिक्रिया दिनुहोस्