२५ वर्षमा ३ खर्बभन्दा बढीको विदेशी लगानी स्वीकृत काठमाडौं। पछिल्लो २५ वर्षको अवधिमा नेपालमा ३ खर्ब २५ अर्ब ५२ करोड ४९ लाख ७० हजार रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ। स्वीकृत रकममध्ये १ खर्ब १० अर्ब ९३ करोड १५ लाख रूपैयाँ मात्र नेपालमा लगानी भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष विदेशी लगानी’ प्रतिवेदनमा उल्लेख छ। स्वीकृत रकमको ३४.१ प्रतिशत मात्र नेपालमा लगानी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्