हावाहुरीले झापामा करीब दुई करोडको क्षति झापा। लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ। कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादह नगरपालिका ६०० किसानले १६९ हेक्टर जमिनमा लगाएको फलफूल, तरकारी र अन्नबालीमा क्षति पुर्‍याएको हो। कृषि ज्ञान केन्द्र झापाका अनुसार वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुर्‍याएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्