नेपालमा सामूहिक लगानी गर्न एनआरएनए फण्ड
काठमाडौं। विदेशमा बस्ने नेपालीहरुको सामूहिक लगानी भित्र्याउन एनआरएनए फण्ड ल्याएको गैह्रआवासीय नेपाली संघले बताएको छ। संघका अध्यक्ष कुमार पन्तले नेपाल बाहिरका नेपालीले व्यक्तिगतरुपमा अर्बौ लगानी गर्दै आएपनि संस्थागत रुपमा गरेका थिएनन्। तर, अब व्यक्तिगत लगानीसँगै सामूहिक लगानी पनि आवश्यक परेकाले फण्ड ल्याएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्