दातृ निकायबाट प्रतिबद्धता भएको सतप्रतिशत रकम परिचालन हुने
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माणमा दातृ निकायबाट प्रतिबद्धता भएको सतप्रतिशत रकम परिचालन हुने सुनिश्चत भएको बताएका छन्। दाता सम्मेलनमा पुनर्निर्माणको लागि ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो। वास्तविक प्रतिबद्धता रकम जम्मा २ खर्ब ९४ अर्ब रुपैयाँ मात्र रहेको थियो। यसमध्ये २ सय ४३ अर्ब रुपैँयाका लागि सम्झौता भई स्रोत सुनिश्चितता भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्