भूकम्पपछिको पुनर्निर्माणमा ३ खर्ब ५७ अर्ब रुपैँया खर्च
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माणमा हालसम्म ३ खर्ब ५७ अर्ब रुपैंयाँ खर्च भइसकेको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रुपैंयाँ थियो। यसमध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायहरुको समेत गरी २०७७ चैत्र मसान्त उक्त रकम खर्च भइसकेको प्राधिकरणले जनाएको हो।
प्रतिक्रिया दिनुहोस्