ग्यासको सिलिन्डर खाली छ ? भरिहाल्नुहोस्,
काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले सर्वसाधारणलाई सिलिन्डर खाली भए भरिहाल्न भनेको छ। भारत र नेपालमा कोरोनाको नयाँ भेरियन्ट बढ्दै जाँदा आपूर्ति बन्द हुन सक्ने भन्दै संघले यस्तो बताएको हो। महामारीको समयमा ग्यास अभाव हुन सक्ने भएकाले पहिले नै सूचित गराएको संघले बताएको छ। भारतमा संक्रमण बढ्दै जाँदा सीमा नाका बन्द हुन सक्ने सम्भावना बढी छ।
प्रतिक्रिया दिनुहोस्