भूकम्पको ६ वर्ष : दुई लाख २१ हजारले पाए पुनर्निर्माण सम्पन्नको प्रमाणपत्र
काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार दुई लाख २१ हजार ६१८ परिवारले मात्र पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र पाएका छन्। अति प्रभावित १४ जिल्लामध्ये ७ लाख ८ हजार ५४९ परिवारले पहिलो किस्ता, ६ लाख २८ हजार ३११ परिवारले दोस्रो किस्ता र पाँच लाख ६२ हजार ९३८ परिवारले तेस्रो किस्ता पाएका छन् भने पाँच लाख २६ हजार १४९ परिवारले पुनर्निर्माण सम्पन्न गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्