अन्नपुर्ण संरक्षण क्षेत्रमा यार्सागुम्बा सङ्कलन खुला
काठमाठौं। अन्नपुर्ण संरक्षण क्षेत्रले कोरोना माहामारीले निम्ताएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको छ। लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई खेर जान नदिन सङ्कलन गर्न लागिएको हो। यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा सङ्कलनका लागि पूर्जी रकमसमेत छुट्याएको छ। यसपटक जिल्लाभित्र बसोवास गर्ने जिल्लाबासीका लागि मात्र खुला गरिएको हो।
प्रतिक्रिया दिनुहोस्