अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिइने काठमाडौं। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सोमबार अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिन माग गरेका थिए। त्यस्तै बजेट तर्जुमा गर्न सुझाव पेश गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष चेम्बरले सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन आग्रह गरेको थियो। हाल नेपालमा अक्सिजन सिलिन्डरको माग बढिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्