महामारीबीच विश्व सैनिक खर्चमा २.६ प्रतिशतले वृद्धि काठमाडौं। सन् २०२० मा विश्व सैनिक खर्च १९.८१ खर्ब अमेरिकी डलर पुगेको छ। कोरोना महामारीले विश्वलाई थिलोथिलो पारिरहेको बेला अघिल्लो वर्षको तुलनामा २०२० मा सैनिक खर्च २.६ प्रतिशतले वृद्धि भएको हो। स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टीच्युटकाअनुसार पाँच देशले मात्र विश्व सैनिक खर्चको ६२ प्रतिशत रकम खर्च गरेका छन्। सबैभन्दा बढी खर्च गर्नेमा क्रमशः अमेरिका, चीन, भारत, रुस र बेलायत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्