आवश्यक परे निगमले भारतबाट अक्सिजन ल्याउने काठमाडौं। नेपाल आयल निगमले आवश्यक परेमा भारतबाट अक्सिजन ल्याउने बताएको छ। निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले भारतीय आयल कर्पोरेशनले अक्सिजन उत्पादन सुरु गरेको बताए। उनले भने, ‘नेपालमा अक्सिजन अभाव भएमा भारतबाट लिक्विड अक्सिजन ल्याउन सक्छौं। त्यसको पहल सुरु गर्न सक्छौं। तर, सिलिन्डर भने ल्याउन सकिँदैन।’ यद्यपी, अहिले नेपालमा लिक्विड अक्सिजनभन्दा बढी सिलिन्डर अभाव भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्