चार स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक काठमाडौं। कुल ७५३ स्थानीय तहमध्ये चार स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेको नेपाल राष्ट्र बैंकले बताएको छ। गर्भनर महाप्रसाद अधिकारीले प्राविधिक समस्या आउँदा तत्काल शाखा स्थापना गर्न नसकिएको बताए। हाल देशभरका ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन्। केन्द्रीय बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने लक्ष्य लिएपछि तीव्र गतिमा शाखा खुल्न थालेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्