निषेधाज्ञामा आपूर्ति व्यवस्था चुस्त बनाउन र्‍यापिड रेस्पोन्स टिम काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञामा आपूर्ति व्यवस्था चुस्त बनाउन र्‍यापिड रेस्पोन्स टिम बनाएको छ। मन्त्रालयका प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले निषेधाज्ञाको समयमा आपूर्ति व्यवस्थामा आउने समस्या समाधान गर्न कार्यदल गठन गरेको बताए। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने सवारी साधनको आवतजावत नरोकिने बताएको छ। पसल सञ्चालनमा वा ढुवानीमा समस्या आएमा तथा कालोबजारी भएमा टिमले तत्काल एक्सन लिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्