विपन्न संक्रमितको उपचारका लागि रकम निकासा गर्दै महानगर काठमाडौं। विपन्न कोरोना संक्रमितका लागि काठमाडौं महानगरले रकम निकासा गर्ने भएको छ। विपन्न संक्रमित परिवारलाई औषधि किन्न र अन्य व्यवस्थापकीय खर्च गर्न ठूला वडालाई एक लाख, मझौलालाई ७५ हजार र सानालाई ५० हजारसम्म रकम निकासा गर्ने निर्णय महानगरले गरेको हो। त्यस्तै समुदायस्तरमा सचेतना बढाउन शिक्षक परिचालन र अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय समेत महानगरको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्