आयल निगम भन्छ, ‘एलपी ग्यास अभाव हुँदैन’ काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास अभाव नहुने बताएको छ। केही दिनअघि एलपी ग्यास उद्योग संघले सिलिन्डर भरिहाल्न सर्वसाधारणलाई भनेको थियो। संघले ग्यास अभाव हुन सक्ने बताएपछि सर्वसाधारण आत्तिएर सिलिन्डर मौज्दात गर्न थालेका थिए। तर, निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यक्ताअनुसार ग्यास आइरहेको जानकारी दिए। उनले भने, ‘हामीसँग २१ दिनलाई पुग्ने मौज्दात पनि छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्