कति छ खाना पकाउने ग्यासको मौज्दात ?
काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले नेपालमा २१ लाख वटा सिलिन्डर भर्न पुग्ने एपली ग्यास मौज्दात रहेको बताएको छ। संघका अध्यक्ष गोकुल भण्डारीले ग्यास मौज्दात प्रशस्त रहेको बताएका हुन्। उनले भने, "नेपालको दैनिक एक लाख सिलिन्डर हो। पुरानै हिसाबले सिलिडर खपत भए २१ दिनलाई पुग्छ। तर, माग बढेमा र भारतबाट आयात बन्द भएमा १५ दिनसम्म पुग्ने छ।
प्रतिक्रिया दिनुहोस्