अर्थमन्त्रीको ९५ प्रतिशत भेटघाट बन्द काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भेटघाटमा कडाइ गरिएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेसँगै अर्थमन्त्रीले भेटघाट घटाएका हुन्। पौडेलका स्वकीय सचिव यम पौण्डेले अर्थमन्त्रीको भेटघाटलाई ९५ प्रतिशत घटाइएको बताए। उनले भने, "अधिकांश काम भर्चुअल माध्यम गर्न र भेटनै पर्ने काममा पनि थोरै संख्यामा आउन भनिरहेका छौं।" मन्त्रालयमा हुने भिडभाड कम गर्न यस्तो गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्