यातायात व्यवसायीको प्रश्न- विभेदपूर्ण निर्णय किन ?
काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले स्थल र हवाइ यातायातलाई विभेदपूर्ण निर्णय गरेको बताएको छ। कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले निषेधाज्ञामा हवाइ यातायात खुला राख्ने निर्णय गरेको थियो। तर, यही अवधिमा स्थल यातायात बन्द गर्ने निर्णय केन्द्रले गरेको छ। यही निर्णयको विरोध गर्दै महासंघले स्थल यातायातलाई पनि सञ्चालन अनुमति दिन भनेको हो।
प्रतिक्रिया दिनुहोस्