निषेधाज्ञामा पनि नियमित उडान सञ्चालन हुने काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निषेधाज्ञाका समयमा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बिहीबारदेखि लागू हुने निषेधाज्ञामा आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने बताए। विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्