निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प बन्द नहुने
काठमाडौं। नेपाल आयल निगमले काठमाडौं उपत्यकाका तीन जिल्ला (ललितपुर, भक्तपुर र काठमाडौं)मा निषेधाज्ञाको समयमा पनि पेट्रोल पम्प खुलै रहने जानकारी दिएको छ। एक सूचना जारी गर्दै निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्प खुलै रहने बताएको हो। निषेधाज्ञाको समयमा मागअनुसारको पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाउन पम्प खुलै राख्ने निर्णय भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
प्रतिक्रिया दिनुहोस्