यातायात व्यवस्था कार्यालयको सबै काम बन्द काठमाडौं। यातायात व्यवस्था कार्यालयले सबै काम अनिश्चितकालका लागि बन्द गरेको छ। कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञाको समयमा अर्को सूचना जारी नभएसम्म सेवा बन्द गरेको बताएको हो। जसअनुसार सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा, नयाँ सवारी दर्ता, सवारी चालकको वर्ग थप र राजश्व संकलन बन्द भएको छ। कार्यालयले कोरोनाको दोस्रो लहरबाट बच्न सबै सेवा बन्द गरेको जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्