फेरि बढ्यो सुनको भाउ
काठमाडौं। नेपाली स्थानीय बजारमा सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ। लगातार दुई दिन घटेको सुनको मूल्य आज भने तोलामा ३०० रुपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजाबी सुनको भाउ ९० हजार ३०० तोकिएको छ। आज चाँदीको भाउ १० रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्