नौ महिनामा सरकारको खर्च करिब ७ खर्ब
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा कूल ६ खर्ब ९० अर्ब २८ करोड ३२ लाख खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष खर्च २.५१ प्रतिशतले बृद्धि भएको छ। यसवर्ष सरकारको कूल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रहेको छ। सरकारले यस वर्ष चालु खर्चतर्फ ५ अर्ब २६ करोड रुपैयाँ खर्च गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्