आठ महिनामा करिब साढे ६ खर्ब रेमिटेन्स भित्रियो काठमाडौं। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। अर्थ मन्त्रालयका अनुसार २०७७ साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त रेमिटेन्स नेपाल भित्रिएको हो। कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीमा जानेक्रम रोकिएको र वैदेशिक रोजगारमा रहेकाहरुले रोजगार गुमाउँदा पनि ठूलो मात्रा रेमिटेन्स भित्रिएको अर्थले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्