माथिल्लो तामाकोशीको टनेलमा पानी छाडियो काठमाडौं। बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको टनेलमा पानी छाडिएको छ। आज विहीबार सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले संयुक्तरुपमा टनेलमा पानी छाडेका हुन्। आयोजनाबाट वैशाख मसान्तबाट पहिलोचरणमा ७६ युनिट विद्युत परीक्षणका लागि उत्पादन गर्ने लक्ष्य छ। यही आर्थिक वर्षभित्र पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने योजना सरकारको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्