तीन महिनामा साढे १२ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धता
काठमाडौं। पछिल्लो तीन महिनामा सरकारले दातृ संस्था तथा निकायबाट १२ अर्ब ४६ करोड ९७ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धता प्राप्त गरेको छ। २०७७ माघ, फागुन र चैतमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। प्राप्त प्रतिबद्धतामा एक अर्ब ६४ करोड ६६ लाख अनुदान सहायता र १० अर्ब ८२ करोड ३१ लाख रुपैयाँ ऋण सहायता रहेको छ।
प्रतिक्रिया दिनुहोस्