एनआईसी क्यापिटलबाट झण्डै चार लाख डिम्याट खुल्यो
काठमाडौं। एनआईसी एसिया क्यापिटलले चालू आर्थिक वर्षको नौ महिनामा मात्रै तीन लाख ७० हजार डिम्याट खाता खोलेको छ। कम्पनीले 'एक नेपाली, एक डिम्याट' योजनाअन्तर्गत ७५ वटा जिल्लाबाट डिम्याट खोल्दै आएको छ। ती जिल्लामा विस्तार एनआईसी एसिया बैंकका ३५२ शाखा कार्यालयबाट डिम्याट खाता खोल्दै आएको क्यापिटलले बताएको छ। क्यापिटलले समग्र डिम्याट बजारको १०.८६ प्रतिशत हिस्सा एक्लैले ओगटेको छ।
प्रतिक्रिया दिनुहोस्