नेपाल टेलिकमले प्रस्ताव गर्याे ९ वर्ष यताकै सबैभन्दा न्यून लाभांश

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले ९ वर्ष यताकै सबैभन्दा न्यूनतम लाभांश दिने प्रस्ताव गरेको छ ।

टेलिकमले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल टेलिकमले यसअघि सो न्युनतम ४६ देखि ५५ प्रतिशतसम्म नगद लाभांश वितरण गर्दै आएको थियो ।

टेलिकमको सञ्चालक समितिले गरेको उक्त प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।

पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

नेपाल दूरसञ्चार कम्पनीको १२ औं वार्षिक साधारणसभा पुस २९ गते मंगलबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बोलाइएको छ । त्यसका लागि पुस १५ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको बुक क्लोज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्