नेपालको अर्थतन्त्र ४.०१ प्रतिशतले बढ्ने अनुमान
काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.०१ प्रतिशतले हुने अनुमान गरेको छ। केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै संशोधिनसहितको अनुमानित आर्थिक वृद्धिदर घोषणा गरेको हो। यो आर्थिक वृद्धि उपभोक्ता मूल्यमा आधारित रहेर प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०६७/६८ लाई अनुमानको आधार वर्ष मानिएको छ।
प्रतिक्रिया दिनुहोस्