अक्सिजन अभावले भारतमा कार उत्पादन कारखाना बन्द काठमाडौं। अक्सिजनको चरम अभावका कारण भारतमा कार उत्पादन गर्ने कारखानाहरु बन्द हुन थालेका छन्। कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। नयाँ भेरियन्टका संक्रमितलाई प्रशस्त मात्रामा अक्सिजन चाहिन्छ। तर, भारतमा अक्सिजन अभाव भइरहेको छ। अक्सिजनको अभाव पूर्ति गर्न कार उत्पादक कम्पनीको अक्सिजन प्रयोगमा भारतको केन्द्रीय सरकारले रोक लगाएको छ। फलस्वपः कार उत्पादक कारखानाहरु बन्द हुन थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्