जीडीपीमा बढ्यो सेवा क्षेत्रको योगदान काठमाडौं। नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सेवा क्षेत्रको योगदान बढेको छ। केन्द्रीय तथ्यांक विभागद्वारा आज जारी राष्ट्रिय लेखा तथ्यांकले चालू आर्थिक वर्षमा सेवा क्षेत्रको योगदान ४.४३ प्रतिशतले बढेको देखाएको हो। यससँगै जीडीपीमा सेवा क्षेत्रको कुल हिस्सा ६१.१ प्रतिशत पुगेको बताएको छ। चालू वर्षमा कोरोना महामारीका कारण आवास, भोजन र यातायात क्षेत्र भने प्रभावित बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्