विद्युत आयातमा आजै मात्र साढे ३० लाख जोगियो काठमाडौं। नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी दरमा विद्युत आयात गर्दा एकै दिनमा ३० लाख ४८ हजार रुपैयाँ जोगाएको छ। प्राधिकरणले भारतीय उर्जा एक्सचेञ्ज बजारबाट प्रतिस्पर्धी दरमा २५० मेगावाट विद्युत आयात गर्दा उक्त रकम बचत गरेको हो। यसअघि प्रतियुनिट विद्युत ४.१८ भारु पर्ने विद्युत प्रतिस्पर्धी दरमा ल्याउँदा ३.८१ भारु मात्र पर्‍यो। जुन, पहिलाको तुलनामा ०.३७ भारु सस्तो हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्