सिद्धार्थ बैंकको वार्षिकोत्सव योजना, ३१ दिनसम्म पाइनेछ यस्तो छुट

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिक उत्सवको अवसरमा विभिन्न छुट योजना ल्याएको छ।

९ पुसमा मनाइने १७औं वार्षिकोत्सवलाई लक्षित गरी बैंकले ३१ दिने छुट योजना ल्याएको हो। ९ पुसदेखि लागू हुने छुट योजना १० माघसम्म जारी रहनेछ।

बैंकका अनुसार दराजमा कार्डमार्फत् सामान खरीद गर्दा अधिकतम ५०० रूपैयाँ छुट, पहिलो दुईपटक ५०० वा त्योभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ५०० रूपैयाँ ‘क्यास ब्याक’ हुनेछ।

पहिलो दुईपटक ५०० रूपैयाँ वा त्योभन्दा बढी रकमको पीओएस मेसिनमार्फत् कारोबार गर्दा ३८२ रूपैयाँ ‘क्यास ब्याक’, एक महीनाभित्र कम्तीमा तीनपटक गरी कूल १५ हजारको पीओएस मेसिनमार्फत् कारोबार गर्दा एक हजार ‘क्यास ब्याक’ हुने बैंकले जनाएको छ ।

बैंकस्मार्टमार्फत् पहिलोपटक अधिकतम ५०० रूपैयाँको मोबाइल टपअप गर्दा २० प्रतिशत ‘क्यास ब्याक’ हुने योजना पनि बैंकले ल्याएको छ।

बैंकले देशभर १७६ शाखा, ४ एक्सटेन्सन् काउन्टर, १०१ शाखारहित बैंकिङ सेवा, १९५ एटीएम, एक हजार ६०० भन्दा बढी पीओएस मेसिनमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आरहेको छ।

प्रतिक्रिया दिनुहोस्