स्पाइसजेटले काट्यो पाइलटकै ९० प्रतिशत तलब
एजेन्सी। भारतको एयरलाइन्स स्पाइसजेटले पाइलटसहित 'क्याबिन क्रु' मेम्बरको तलब ९० प्रतिशतसम्म काटेको छ। कम्पनीले पछि भुक्तानी दिने वाचासहित तलब काटेको हो। कोरोनाको दोस्रो लहरसँगै आन्तरिक यात्रुको संख्या घटेपछि कम्पनीले कर्मचारीको तलब काटेको छ। जसअनुसार, हाल कम्पनीले १० प्रतिशतदेखि ५० प्रतिशतसम्म मात्र तलब भुक्तानी दिँदै आएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्