आयल निगमलाई १५ दिनमा एक अर्ब घाटा काठमाडौं। नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा हरेक १५ दिनमा एक अर्ब रुपैयाँ घाटा हुने भएको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्य सूचीअनुसार निगमले १५ दिनमा एक अर्ब घाटा ब्यहोर्ने भएको हो। सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८.८६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४२ रुपैयाँ र प्रतिसिलिन्डर एलपी ग्याँसमा ३७५.१३ रुपैयाँ घाटा हुनेछ। यसपटक पेट्रोलियम पदार्थको मूल्य नबढ्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्