निषेधाज्ञामा छापिएन चालक अनुमतिपत्र काठमाडौं। गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन। बाँकी रहेका कार्डको संख्या कम मात्रै रहेको विभागले जनाएको छ। विभागमा बाँकी रहेका कार्डको संख्या १० देखि १५ हजार मात्रै रहेकाले अनुमतिपत्र छाप्न नसकिएको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्