सरकारले विपद् व्यवस्थापन गर्न प्राधिकरणलाई दियो २० करोड काठमाडौं। सरकारले विपद् व्यवस्थापनको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणलाई २० करोड रुपैयाँ दिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन सुरु गरिएको प्राधिकरणले जनाएको छ। हालै म्याग्दीमा २४७ वटा निजी घरहरु पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि पहिलो किस्तास्वरुप १ करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको प्राधिकरणले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्