कोरोना कहर : भारतमा ७५ लाखले गुमाए रोजगारी
एजेन्सी। कोभिड–१९ को महामारी रोकथामका लागि लगाएको लकडाउन र निषेधाज्ञाका कारण भारतमा ७५ लाखभन्दा बढीले रोजगारी गुमाएका छन्। यसबाट भारतको बेरोजगारीदर चार महिनाकै उच्च ८ प्रतिशत पुगेको सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी (सीएमआईआई) जनाएको छ। सीएमआईआईका प्रमुख कार्यकारी महेश व्यासले आगामी दिनमा झनै चुनौतिपूर्ण हुने बताएका छन्। केन्द्र सरकारको तथ्यांकअनुरार राष्ट्रिय बेरोजगारी दर ७.९७ प्रतिशत पुगेको छ।
प्रतिक्रिया दिनुहोस्