महामारीमा सरकारले तोकेको पारिश्रमिक दिन सक्दैनौं- चेम्बर
काठमाडौं। सरकारले एकतर्फीरुपमा तोकेको नयाँ न्यूनतम परिश्रमिक दिन नसक्ने नेपाल चेम्बर अफ कमर्शले बताएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले महामारीमा सरकारी निर्णयअनुसार नयाँ पारिश्रमिक दिन नसक्ने बताएका हुन्। उनले भने, "सामान्यतया दुई वर्षमा पारिश्रमिक बढाउनुपर्ने हो। तर, महामारीको समयमा बढाउनु हुँदैन।" गत वर्ष नै बढाउनु पर्ने पारिश्रमिक कोभिडका कारण रोकिएकाले यस वर्ष बढाइएको हो।
प्रतिक्रिया दिनुहोस्