तीव्र उतारचढावपछि नेप्सेमा सामान्य अंकको सुधार
काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि नागबेली चालमा तीव्र घटबढ भएको नेप्से १.९४ अंकले बढेर बन्द भएको छ। परिसूचक २६ सय ५६ मा पुगेको दिन आज ६ अर्ब चार करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएकामध्ये ७ समूह घटेका छन् भने ६ समूह सुधारिएका छन्।
प्रतिक्रिया दिनुहोस्