वैदेशिक रोजगारीमा जान एक लाखभन्दा बढीले पाए श्रम स्वीकृति
काठमाडौं। कोरोना महामारीबीच पछिल्लो साढे ९ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान एक लाख तीन हजार ३५ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले उनीहरुलाई चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म उक्त श्रम स्वीकृति प्रदान गरेको हो। यसमा नयाँ श्रम स्वीकृति लिने ३८ हजार ५१, पुनःश्रम स्वीकृति लिने ६१ हजार ३४२ र वैधानिकरण गर्ने ३ हजार ६४२ रहेका छन्।
प्रतिक्रिया दिनुहोस्