खाद्य कम्पनीसँग कति छ खाद्यान्नको मौज्दात ? काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफुसँग प्रशस्त मात्रामा खाद्यान्नको मौज्दात रहेको बताएको छ। कम्पनीकाअनुसार हाल १० हजार क्‍विन्टल चामल, १७ हजार क्‍विन्टल धान र गहुँ १ हजार क्‍विन्टल गरी २९ हजार क्‍विन्टल खाद्यान्न मौज्दात छ। यसैगरी, कम्पनीले थप ५ हजार क्‍विन्टल चामलको खरिद प्रक्रिया अगाडि बढाइ सकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्